Go Back

KIIP Level Test 구술시험 मा सम्भावित प्रश्नहरू

LKWB
2024-04-27
3222
KIIP Level Test Word Book, 사회통합프로그램 사전평가 단어장

यै content video मा हेर्ने हो भने हाम्रो YouTube को तलको link बाट हेर्न सक्नु हुनेछ। 

YouTube Video Link

 

1. 윷놀이에 대해 아는 대로 말해 주세요. (‘윷놀이’ को बारेमा जाने जति भन्नुहोला।)

윷놀이는 설날과 추석 같은 명절에 가족이나 친구들과 함께 즐기는 한국의 전통놀이입니다. 윷놀이는 네 개의 나무 막대기(윷가락)를 던져서 나온 모양에 따라 보드판 위의 말을 이동시키는 게임입니다. 이 막대기들을 던져서 나오는 모양에 따라 ‘도’, ‘개’, ‘걸’, ‘윷’, '모’라는 결과가 나오고, 이 결과에 따라 말을 보드판 위에서 움직이게 됩니다.

‘윷놀이’ परिवार र साथीहरूसँग सल्लाल (लुनार नयाँ वर्ष) र छुसक जस्ता चाडपर्वहरुमा खेलिने एक परम्परागत कोरियाली खेल हो । ‘윷놀이’ खेलमा चारवटा काठका लठ्ठीहरु फ्यालेर निस्कने आकार अनुसार बोर्डमा गट्टिहरु सारिन्छ । (도 → 돼지, 개 → 개, 걸 → 양, 윷 → 소, 모 → 말)

 

2. 한국의 집들이에 대해 설명해 주세요. (कोरियाको घर पैचो पार्टी (집들이) को बारेमा व्याख्या गर्नुहोला ।)

한국 사람들은 결혼을 하거나 이사를 한 후에 가족이나 친구, 회사 동료를 집에 초대하는데 이것을 '집들이'라고 합니다. 집들이를 할 때는 친구들을 초대하고 그 사람들이 먹을 음식을 장만합니다. 그리고 초대 받은 사람은 집들이에 갈 때 선물을 준비합니다.

कोरियनहरुले बिहे गरेपछि वा कोठा सरेपछि परिवार, साथीभाई र आफ्ना सहकर्मीहरूलाई आफ्नो घरमा बोलाएर भोज गर्छन्, जसलाई घर पैचो पार्टी (집들이) भनिन्छ। घर पैचो पार्टीमा साथीहरूलाई आमन्त्रित गरेर उनीहरूको लागि खाना तयार गरिन्छ। साथै आमन्त्रित भएकाहरू घर पार्टीमा जाँदा उपहारहरू तयार पार्छन्।

 

3. 집들이 선물할 때 어떤 선물을 해요? (घर पैचो पार्टीमा कस्तो उपहारहरू दिइन्छ?)

집들이에 초대 받은 사람들은 다양한 선물을 준비합니다. 그 중에 세제나 휴지가 집들이 선물로 인기가 있습니다. 세제는 거품이 생기는 것처럼 좋은 일이 많이 생기고 부자가 되라는 의미가 있고, 휴지는 일이 술술 풀리라는 의미가 있습니다.

घर पैचो पार्टीमा आमन्त्रित व्यक्तिहरूले विभिन्न उपहारहरू तयार पार्छन्। ती मध्ये, घर पैचो पार्टीमा दिइने उपहारको रूपमा डिटर्जेन्ट सर्फ र ट्वाइलेट पेपर लोकप्रिय छन्। सर्फ दिनुको अर्थ: सर्फमा फिज आए जस्तै तिम्रो जीवनमा पनि धेरै राम्रा घटनाहरु घटेर धनी बन्नु भन्ने लाग्दछ, र ट्वाइलेट पेपर खुले जसरी तिम्रा जीवनमा पनि अड्केर बसेका समस्याहरु (मुद्दा, मामिलाहरू) सजिलैसँग खुलोस भन्ने अर्थ लाग्दछ।

 

4. 비벡 씨는 집들이 선물로 어떤 걸 받고 싶으세요? (बिवेक, घर पैचो पार्टिमा  तिमीले कस्तो प्रकारको उपहार पाउन चाहन्छौ?)

저는 집들이 선물로 활용성이 있는 생활용품을 받고 싶습니다. 세제, 휴지, 커플이 함께 사용할 수 있는 커피 잔, 화분과 같은 선물은 새 집으로 이사하면서 필요한 물품들이기 때문에 유용하게 활용할 수 있습니다. 그리고 이러한 선물들은 간단하지만 따뜻한 마음을 전달하는 아름다운 선물로서 적절합니다.

म घर पैचो पार्टीको उपहारको रूपमा नयाँ घरमा सरेपछि आवश्यक पर्ने दैनिक वस्तुहरु प्राप्त गर्न चाहन्छु, जस्तै डिटर्जेन्ट सर्फ, ट्वाइलेट पेपर, अनि दम्पतीले सँगै प्रयोग गर्न मिल्ने कफी कप, फूलका गमला इत्यादि। यी उपहारहरु खरिद गर्ने व्यक्तिलाई पनि सजिलो हुने र यी उपहारहरुले न्यानो हृदयलाई व्यक्त गर्नुमा उपयुक्त छ।

 

5.한국의 주요 명절은 어떤 것이 있나요? (कोरियाको महत्त्वपूर्ण चाडपर्वहरुमा केके छन् ?)

한국에서는 추석과 설날이 가장 중요한 명절입니다. 추석은 한 해의 수확을 축하하고 조상들에게 고마움을 표현하는 명절이며, 설날은 새해를 맞이하여 가족들과 함께 모여서 식사를 하고 전통놀이를 즐깁니다. 그리고 한국 사람들이 명절이 되면 고향에 내려갑니다.

कोरियामा छुसक र सल्लाल (नयाँ वर्ष) सबैभन्दा महत्त्वपूर्ण चाडपर्वहरु हुन्। छुसक वर्षको अन्नबालीको फसल मनाउने र पुर्खाहरूप्रति कृतज्ञता व्यक्त गर्ने चाडपर्व हो, र सल्लालमा नयाँ वर्षको स्वागत गर्दै परिवारहरुसँग जमघट भई सँगै खाना खाने र परम्परागत खेलहरू खेल्ने गरिन्छ। अनि कोरियन मान्छेहरु चाडपर्वहरुमा आफ्नो गाउँको घरमा जाने गर्छन्।

 

6. 한국의 전통놀이에 대해 아는 대로 말해 주세요. (कोरियाको परम्परागत खेलहरुको बारेमा जाने जति भन्नुहोला।)

한국의 전통놀이에는 윷놀이, 연날리기, 제기차기, 강강술래, 널뛰기, 씨름 등이 있습니다. 보통 이런 전통놀이들은 명절에 가족과 친구들과 함께 놉니다.

कोरियाली परम्परागत खेलहरूमा 윷놀이, 연날리기 (चङ्गा उडाई), 제기차기 (चुंगी खेलाई), 강강술래 (छुसकको दिनमा महिलाहरुले नाच्ने नाच), 널뛰기 (कोरियन ढिकिच्याउँ) इत्यादी समावेश छन्। सामान्यतया, यी परम्परागत खेलहरू चाडपर्वहरुमा परिवार र साथीहरूसँग खेलिन्छन्।

 

7. 설날에 대해 아는 대로 설명해 주세요. (सल्लालको बारेमा जाने जति व्याख्या गर्नुहोला।)

설날은 음력 첫날이며 한국의 가장 큰 명절입니다. 설날에는 조상님께 차례를 지내고 웃어른들께 세배를 합니다. 웃어른들은 아랫사람들에게 덕담을 해주고 세뱃돈도 줍니다. 그리고 한국 사람들은 설날에 떡국을 먹어야 한 살 더 먹는다고 믿기 때문에 이 날에는 떡국을 먹는 풍습도 있습니다.

सल्लाल (설날) चन्द्र पात्रोको पहिलो दिन र कोरियाको सबैभन्दा ठूलो चाड हो। सल्लालमा दिवङ्गत पितृहरूलाई पितृसंस्कार (श्राद्ध) गरिन्छ र आफ्ना अग्रजहरूलाई ढोगभेट गरिन्छ। अग्रजहरूले साना व्यक्तिलाई राम्रो आशिर्वाद र दक्षिणा पनि दिन्छन्। अनि कोरियनहरूले सल्लालको दिनमा तक्कुक (떡국) खाए उमेर एक वर्ष बढ्नेमा विश्वास गर्ने भएकोले यो दिन तक्कुक (떡국) खाने प्रचलन पनि छ।

 

8. 추석에 대해 아는 대로 설명해 주세요. (छुसकको बारेमा जाने जति व्याख्या गर्नुहोला।)

추석은 한 해의 농사가 무사히 끝난 것을 조상님께 감사드리는 날이며, 음력 8월 15일에 보냅니다. 이 날에는 햇곡식과 햇과일로 차례를 지내고 성묘도 합니다. 추석에는 송편을 먹고 달맞이와 강강술래와 같은 풍습들이 있습니다. 추석은 한가위라고 불리기도 합니다.

छुसक एक वर्षको खेतीपाती सकुशल (सफलतापूर्वक) सम्पन्न भएकोमा दिवङ्गत पितृहरूलाई धन्यवाद दिने दिन हो, र 8 औं चन्द्र पात्रो अनुसार आठौँ महिनाको पन्द्रऔं दिनमा मनाइन्छ। यस दिन नयाँ अनाज र नयाँ फलफूलसहित दिवङ्गत पितृहरूको पितृसंस्कार (श्राद्ध) गरिन्छ र पितृहरुको चिहानमा गएर पुजाआजा पनि गरिन्छ । छुसकमा सोङ्गफ्यन (송편) खाने, पुर्णिमाको चन्द्रमा हेर्ने र गाङ्गगाङ्गसुल्ले (강강술래) खेल्ने जस्ता चलनहरू छन्। छुसकलाई हान्गावी (한가위) पनि भनिन्छ।

 

9. 한국의 한옥에 대해 아는 대로 말해 주세요. (कोरियाको 'हानोक्' को बारेमा जाने जति भन्नुहोस्।)

 한국의 전통적인 집을 한옥이라고 합니다. 한옥은 지붕을 만드는 재료에 따라 초가집과 기와집으로 나눌 수 있습니다. 한옥은 방을 따뜻하게 해 주는 온돌과 여름을 시원하게 보낼 수 있는 대청마루 같은 시설을 갖춥니다.

कोरियाको परम्परागत शैलीको घरलाई ''हानोक' भनिन्छ। छाना बनाइने सामाग्रीको आधारमा 'हानोक'लाई पराल वा खरले छाएको घर (초가집) र टाइलले छाएको घर (기와집) दुई प्रकारमा विभाजन गर्न सकिन्छ। 'हानोक'मा परमपरागत शैलीको कोठा तताउने विधि (온돌) र गर्मीमा सित्तल खान मिल्ने ठुलो हल (대청마루) जस्ता सरसुविधाहरु जडान भएका हुन्छन्।

 

10. 온돌에 대해 설명해 주세요. ('ओन्दोल' को बारेमा जाने जति भन्नुहोस्।)

온돌은 한국의 전통적인 난방 방식입니다. 온돌은 아궁이에서 나온 열기로 방바닥을 따뜻하게 만듭니다. 요즘은 사람들이 불 대신에 보일러를 이용해서 뜨거운 물로 방바닥을 따뜻하게 만듭니다. 방바닥이 따뜻하기 때문에 한국 사람들이 바닥에 앉아서 생활하는 좌식 문화가 발달되었다고 볼 수 있습니다.

'ओन्दोल' कोरियाको परम्परागत शैलीको घर तताउने तरिका हो। 'ओन्दोल'मा चुलोबाट आउने तापद्वारा कोठाको भुइँलाई तातो पार्ने गरिन्छ। आजकल आगोको सट्टामा ग्यास गिजर प्रयोग गरेर तातो पानीले कोठा तातो पारिन्छ। कोठाको भुइँ तातो हुने भएकोले कोरियन  मानिसहरू भुइँमा बसेर जीवन यापन गर्ने संस्कार '좌식문화'को विकास भएको हो।

 

11. 네팔의 축제에 대해 말해 주세요. (नेपालको चाड, महोत्सवको बारेमा भन्नुहोस्।)

홀리는 네팔과 인도에서 매년 봄에 열리는 축제입니다. 이 축제는 봄을 맞이하고 수확을 끝내는 것을 기념하는 행사입니다. 사람들은 서로에게 색깔 가루나 물을 던지며 즐깁니다. 이 축제에는 많은 사람들이 참여하고, 음악회와 다양한 공연도 있습니다. 한국에서도 2011년부터 이 축제를 열고 있어서, 많은 사람들이 이 축제를 즐기고 있습니다.

होली नेपाल र भारतमा प्रत्यक वर्ष वसन्त ऋतुमा हुने एक चाड हो। यो चाडले वसन्त ऋतुको स्वागत गर्छ र फसलको अन्त्य भएको उत्सव मनाउदछ। मानिसहरुले एकअर्कालाई रङ्ग दलेर पानी छ्यापेर रमाउदछन्। यो चाडमा धेरै मानिसहरु सहभागी हुन्छन् र कन्सर्ट जस्ता कार्यक्रमहरु पनि हुने गर्दछ। कोरियामा पनि २०११ देखि यो चाडको कार्यक्रमको आयोजना भएको छ र त्यसमा धेरै मानिसहरुले रमाइलो गर्दछन्।

 

12. 한국의 축제 중 참여해 본 적이 있는 축제에 대해 말해 주세요. (कोरियाको महोत्सवहरुमध्ये सहभागी भएको महोत्सवको बारेमा भन्नुहोस्।)

저는 여의도벚꽃축제에 가 본 적이 있습니다. 이 축제는 서울의 여의도에서 매년 봄에 열리는 축제입니다. 이 축제에서는 아름다운 벚꽃을 구경할 수 있습니다. 사람들은 벚꽃 아래에서 사진을 찍거나, 산책을 하거나, 음식을 먹거나, 다양한 공연을 즐길 수 있습니다. 이 축제는 많은 사람들이 찾아와서 즐기는 봄 축제로 유명합니다.

म यईदो साकुरा फूलको महोत्सवमा गएको छु। यो महोत्सव सिओलमा भएको यईदोमा प्रत्यक वर्ष वसन्त ऋतुमा आयोजना हुने महोत्सव हो। यो महोत्सवमा सुन्दर साकुरा फूलको अवलोकन गर्न पाइन्छ। साथै मानिसहरु साकुरा फूलको रुख मुनि फोटो खिच्ने, हिड्ने, खाने कुरा खाने, विभिद कार्यक्रमहरु हेर्ने गर्दछन्। यो महोत्सवमा धेरै मानिसहरु आएर रमाइलो गर्ने महोत्सवको रुपमा प्रख्यात छ।

 

13. 대가족과 핵가족에 대해 장단점을 설명해 주세요. (संयुक्त परिवार र लघु परिवारको सवल र दुर्वल पक्षको बारेमा व्याक्या गर्नुहोला।)

대가족은 많은 사람들이 함께 살아서 서로 도와주고, 많은 것을 배울 수 있습니다. 하지만 사람이 많아서 의견을 모으거나 결정을 내리는 게 어려울 수 있습니다. 핵가족은 식구가 적어서 경제적인 부담이 적고, 각자가 자유롭게 생활할 수 있습니다. 그리고 자녀들에게 더 집중할 수 있습니다. 하지만 핵가족은 사람이 적어서 양육과 가사노동 등의 부담이 큽니다.

संयुक्त परिवारमा धेरै मानिसहरू सँगै बस्ने भएकाले एकअर्कालाई मद्दत गर्न र धेरै कुरा सिक्न सकिन्छ। यद्यपि, कुनै पनि विषयमा धेरै मानिसहरूको रायहरूबाट निर्णय गर्न गाह्रो हुन सक्छ। लघु परिवारहरूमा कम सदस्यहरू हुन्छन्, त्यसैले आर्थिक बोझ कम हुन्छ र प्रत्येक व्यक्ति स्वतन्त्र रूपमा बाँच्न सक्छ। र आफ्नो बालबच्चाहरूमा अझै धेरै ध्यान केन्द्रित गर्न सकिन्छ। यद्यपि, लघु परिवारमा कम मानिसहरू भएकोले बाल बच्चाको हेरचाह र घरायसी कामको बोझ उच्च हुन्छ।

 

14. ‘아리랑노래에 대해 아는 대로 설명해 주세요. ('आरिराङ्' गीतको बारेमा जाने जति भन्नुहोस्।)

아리랑은 한국의 전통 민요입니다. 이 노래는 한국 사람들의 슬픔과 희망을 담고 있습니다. 아리랑 노래는 간단한 가사와 멜로디를 가지고 있어서 많은 사람들이 쉽게 부를 수 있습니다. 이 노래는 한국의 문화와 역사를 나타내는 중요한 노래로, 많은 사람들에게 사랑받고 있습니다.

'आरिराङ्' एक परम्परागत कोरियाली लोक गीत हो। यस गीत कोरियनहरूको दुःख र आशाले भरिएको छ। 'आरिराङ्' गीतमा सरल शब्द र धुनहरू भएकाले यसलाई धेरैले सजिलै गाउन सक्छन्। यो गीत कोरियाली संस्कृति र इतिहास दर्शाउने एक महत्त्वपूर्ण गीत हो, र धेरै मानिसहरूले यो गीत मन पराउँछन्।

 

15. 한국의 문화유산에 대해 말해 주세요. (कोरियाको सांस्कृतिक सम्पदाको बारेमा भन्नुहोस्।)

한국의 문화유산에는 불국사와 석굴암이 있습니다. 불국사는 경주시에 위치한 신라 시대의 사찰입니다. 그리고 석굴암에는 흰 화강암에 조각한 큰 불상이 있습니다. 불국사와 석굴암은 유네스코 세계문화유산으로 등재되어 있어서 세계적으로 인정받고 있습니다.

कोरियाको सांस्कृतिक सम्पदामा बुल्गुक्सा (불국사) र सक्कुलआम (석굴암) छन्। बुल्गुक्सा (불국사) 경주 मा अवस्थित सिल्ला युगको गुम्बा हो। अनि सक्कुलआम (석굴암)मा सेतो रङ्गको ग्रेनाइट ढुङ्गामा कुदिएको बुद्धको मुर्ती छ। बुल्गुक्सा (불국사) र सक्कुलआमले (석굴암) युनेस्को विश्व सांस्कृतिक सम्पदामा दर्ता हुनुको साथसाथै विश्व भरि मान्यता प्राप्त गरेको छ।

 

16. 저출산 문제의 해결방안에 대해 말해 주세요. (न्युन प्रसूति दरको समाधानविधिको बारेमा भन्नुहोस्।)

저출산 문제를 해결하기 위해 출산 장려 정책을 실시해야 합니다. 이에는 출산 휴가, 출산 축하금 지원, 다자녀 혜택, 육아 휴직, 양육 수당 지원, 임신과 출산 진료비 지원 등이 포함됩니다.

न्यून प्रसूति दरको समाधान गर्न प्रसूतिको लागि प्रोत्साहन गर्ने नीति कार्यन्वयन गर्नु पर्दछ। यस अन्तर्गत सुत्केरी बिदा, प्रसूतिको बधाई रकमको सहयोग, धेरै बच्चा पाउनेलाई लाभ, शिशु हुर्काउने बिदा, बच्चा हुर्काउन भत्ताको सहयोग, गर्भवती र प्रसूतिको उपचार खर्च सहयोगहरु पर्दछन्।

 

17. 인터넷의 장단점에 대해 말해 주세요. (इन्टरनेटको सवल पक्ष र दुर्वल पक्षको बारेमा भन्नुहोस्।)

인터넷은 정보를 쉽게 얻을 수 있고 온라인으로 쇼핑, 온라인 뱅킹, 상담 등과 같은 다양한 서비스를 이용할 수 있는 장점이 있습니다. 반면 인터넷으로 개인 정보가 유출될 수 있고  너무 많이 쓰다 보면 중독에 빠질 수 있는 우려도 있습니다.

इन्टरनेटको सवल पक्षमा जानकारी सजिलैसँग प्राप्त गर्न सकिने, अनलाईन सपिङ्ग, अनलाईन बैङ्किङ्ग, परामर्श जस्ता विविध सेवाहरु प्रयोग गर्न सकिन्छ। त्यसको उल्टोमा इन्टरनेटको दुर्वल पक्षमा व्याक्त्तिगत जानकारी लिक हुन सक्ने र धेरै इन्टरनेट चलाएमा लत लाग्न सक्ने खतराहरु छन्।

 

18. 한국 화폐속에 있는 인물들에 대해 말해 주세요.  (कोरियाको मुद्रामा भएका पात्रहरुको बारेमा भन्नुहोस्।)

한국 화폐에는 춴 원권에 이황, 오천 원권에 율곡이이, 만 원권에 세종대왕, 오만 원 권에 신사임당이 있습니다. 그 중 만원 권의 세종대왕은 조선시대의 가장 위대한 임금입니다. 세종대왕은 한글을 만들고 과학 기술을 발전시킨 왕입니다.

कोरियाको मुद्रामा हजार वोनको नोटमा इह्वांग (이황), पाचँ हजार वोनको नोटमा युल्गोक्इई (율곡이이), दस हजारको नोटमा सेजोङ्ग सम्राट (세종대왕) र पचास हजारको नोटमा सिन्साइम्दाङ्ग (신삼임당) छन्। यी मध्येमा दस हजारको नोटमा भएका सेजोङ्ग सम्राट जोसन युगका सबैभन्दा महान राजा हुन्। सेजोङ्ग सम्राट कोरियन लिपि बनाएर प्रविधिको विकास गराउने राजा हुन्।

 

19. 한국의 가족 관계를 나타내는 촌수에 대해 말해 주세요. (कोरियाको पारिवारिक सम्बन्ध दर्शाउने छोन्सु (촌수) को बारेमा भन्नुहोस्।)

한국은 가족과 친척 관계를 촌수로 표시합니다. 부부간에는 촌수가 따지지 않아서 무촌이라고 합니다. 그리고 부모와 자녀는 1촌, 형제자매는 2촌이라고 부릅니다. 그리고 나의 남동생과 내 자녀는 3촌, 내 자녀와 나의 형제자매에게서 태어난 자녀는 4촌입니다.

कोरियामा परिवार र इस्टमित्रसँगको सम्बन्धलाई 'छोन्सु' (촌수) ले बोलाइन्छ। श्रीमान श्रीमतीको बिचमा  'छोन्सु' (촌수) को हिसाब नहुने भएकोले मुछोन् (무촌) भनिन्छ। अनि आमाबुबा र बालबच्चाहरु बिचमा पहिलो छोन् (1촌), दाजुभाई, दिदीबहिनीमा दोस्रो छोन् (2촌) भनेर बोलाइन्छ। त्यसै गरि मेरो भाई र मेरो बालबच्चाहरु बिचमा तेस्रो छोन् (3촌), र मेरो बालबच्चाहरु र मेरा दाजुभाई, दिदीबहिनीका बालबच्चाहरुको बिचमा चौथो छोन् (4촌) को सम्बन्ध रहन्छ।

 

20. 한국 사람들은 어떤 집을 선호해요? (कोरियन मानिसहरुले कस्तो घर रुचाउछन्?)

한국 사람들은 집 뒤에 바람을 막아 주는 산이 있고 집 앞에 물을 대기 좋은 강이 있는 ‘배산임수’ 갖춰진 장소에 집을 짓기를 원합니다. 그리고 해가 오래 뜨는 남향인 집이 좋다고 생각합니다.

कोरियन मानिसहरुले घर पछाडि हावा छेकिदिने पहाड भएको र घर अगाडि पानी सजिलै पाइने खोला भएको 'बेसानिम्सु' (배산임수) विशेषता भएको घर बनाउन चाहन्छन्। र घाम धेरै बेरसम्म लाग्ने दक्षिण मोहोडा भएको घर राम्रो मान्दछन्।

 

यसको file download  गरेर पढ्नको लागि यो link मा click गर्नु होला। 

Click here:

 

KIIP Level Test, TOPIK II, KIIP Level 4, KIIP Level 5 पढ्न चाहनु हुने साथीहरुले हामीलाई +9779849950096 viber वा whatsapp गर्न सक्नुहुनेछ। अथवा हाम्रो facebook page 'Learn Korean with Bibek' मा message गर्न सक्नुहुनेछ।